Mark 2:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबियाथार प्रधान पूजाहारी हुँदा भवनमा पसेर दाऊदले परमेश्‍वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्‍यो रोटी खानुहुँदैनथ्‍यो। तर दाऊदले त आफैंले मात्र नखाएर आफ्‍ना साथीभाइहरूलाई पनि खान दिए,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारी अबियाथारको पालोमा परमेश्‍वरको भवनमा तिनी पसे, र परमेश्‍वरलाई चढ़ाइएको रोटी खाए, जो पूजाहारीले बाहेक अरूले खान अनुचित छ, र त्‍यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारी अबीयाथारको समयमा, तिनी परमेश्‍वरको भवनभित्र पसे, र परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।”
Nepali ERV (पवित्र बाइबल)
यस्तो घटना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।
Nepali Tamang 2011
थेसे परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि अबियाथारला पालरी परमेश्‍वरला दिमरी वाङ्सी, परमेश्‍वरदा फुल्‍बा गेङ चजी, ओच्‍छे थेसे थेदेन छ्‌याम मुबा म्‍हिगदेदाएनोन पिन्‍जी। तर थे गेङ परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हिगदेदा जे चपुङ्मुबा” भिसी सुङ्जी।