Mark 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूको घुइँचोले गर्दा तिनीहरूले बिरामीलाई भित्र येशूकहाँ पुर्‍याउन सकेनन्। त्‍यसो हुँदा येशू बस्‍नुभएको ठाउँको ठीक माथिको छानालाई तिनीहरूले उघारे र बिरामीलाई ओछ्यानसँगै ओराले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़को कारणले येशूको नजिक त्‍यस मानिसलाई पुर्‍याउन नसक्‍दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्‍यो सुतेको खाटसमेत तल ओह्रालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर भीडको कारणले गर्दा येशूसम्म पुर्‍याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षाघात रोगी सुतेको ओछ्यान् तलतिर झारे।
Nepali Tamang 2011
तर म्‍हिला हुलसे लमा थेनीगदेसे थे कुज्‍या म्‍हिदा येशू मुबा ग्‍लारी धोना लबारी आखम्‍नी। थेतबासेलमा थेनीगदेसे थे दिमला छाना होक्‍सी थे कुज्‍या म्‍हिदा थेला तीबा नान्‍बादेन छ्‌यामनोन येशूला ङाच्‍छापट्टि धोना लजी।