Mark 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूत लागेका मानिसहरू जतिले उहाँलाई देख्‍नेबित्तिकै उहाँका पाउमा परी चिच्‍च्‍याउँदै भने, “तपाईं त परमेश्‍वरका पुत्र हुनुहुन्‍छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अशुद्ध आत्‍माहरूले उहाँलाई देख्‍दथे, तब उहाँको अगि घोप्‍टो परेर यसो भन्‍दै कराउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।
Nepali Tamang 2011
ओच्‍छे म्‍हङसे स्‍याप्‍बा म्‍हिगदेसे येशूदा म्राङ्मैछ्‍याम ख्‍लुप तसी, “ह्राङ परमेश्‍वरला झा हिन्‍ना” भिसी क्रिङ्मुबा।