Mark 3:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले हतियार भिरेको बलियो मानिसको घर फोरेर लुट्‍न खोज्‍छ भने के त्‍यसलाई पहिले बाँध्‍नुपर्दैन र? त्‍यसपछि मात्र उसले त्‍यो बलियो मानिसको घर लुट्‍न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्‌न सक्‍दैन जबसम्‍म त्‍यसले त्‍यो बलियो मानिसलाई पहिला बाँध्‍दैन। तब पो त्‍यसले उसको घर लुट्‌न सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा बलियो मानिसको घरमा पस्‍नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुटन सक्दछ।
Nepali Tamang 2011
खालैसे भङ्‍बा म्‍हिला दिमरी वाङ्सी थेला धन सम्‍पत्ति य्‍हो लतोःजी भिसम थेसे ङाच्‍छा थे भङ्‍बा म्‍हिदा चुङ्सी खीतोःला। थे भङ्‍बा म्‍हिदा खीमाहेन्‍से जे थेसे थेला धन सम्‍पत्ति भोर्खम्‍ला।