Mark 3:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा येशूले झोकिएर तिनीहरू सबैलाई सरसरी हेर्नुभयो। ती मानिसहरूको कठोर मनलाई देखेर उहाँ असाध्‍यै दु:खित हुनुभयो। अनि उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात तन्‍काऊ!” उसले हात तन्‍कायो र उसको हात निको भइहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो र त्‍यसको हात निको भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
गर्नकसैको प्राण बचाँउन वा नाश गर्न मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। 5येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात मलाई देखाऊ त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।
Nepali Tamang 2011
येशूसे ह्राङला क्‍युर्सीन मुबा म्‍हिगदेदा स्‍हीसी येशूसे थेनीगदेला सेम कोङ्बा था याङ्सी सेमरी ल्‍हानान दुख तसी येशूदा बोमो रेःजी। ओच्‍छे येशूसे थे या खर्बा मुबा म्‍हिदा “एला या तन्‍गब लउ” भिसी सुङ्जी। ओच्‍छे थे म्‍हिसे थेला या तन्‍गब लमैछ्‌याम या खम्‍जी।