Mark 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू फेरि गालील तालको किनारमा शिक्षा दिन लाग्‍नुभएको थियो। उहाँको वरिपरि धेरै मानिसहरूको घुइँचो लागेको हुनाले उहाँ एउटा नाउमा चढेर किनारबाट पर गई बस्‍नुभयो। मानिसहरूचाहिँ किनारमै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्‍नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्‌नुभयो र त्‍यसैमा बस्‍नुभयो। मानिसहरूचाहिँ समुद्रको किनारका पाखामा बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्‍नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढनु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे।
Nepali Tamang 2011
येशूसे दोःसी समुन्‍द्रला कुनीरी फेप्‍सी लोप्‍बारी छ्‌याइजी। थेरी म्‍हिला हुल मुबासे लमा येशू समुन्‍द्ररी मुबा दोँगा गिकरी धन्‍छ्‌यासी लोप्‍बारी छ्‌याइजी। ओच्‍छे म्‍हिला हुल चा समुन्‍द्रला कुनीरीक्‍यार चिजी।