Mark 4:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यो शिक्षाले तिनीहरूको भित्रसम्म जरा हाल्न नपाउनाले तिनीहरूले थोरै दिनसम्म मात्र विश्वास गर्छन्। यो शिक्षामा विश्वास गरेकोले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले त्यसलाई छोडिहाल्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूको आफ्नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्छन्। तर जब वचनको कारण सङ्कष्ट वा सतावट आउँछ, तिनीहरू तुरुन्तै लड़िहाल्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।
Nepali Tamang 2011
तर थेनीगदेला विश्वासला टा आरेबासे लमा, थे छिन्नङ जे चिला। ओच्छे परमेश्वरला बचनदा विश्वास लबासे लमा थेनीगदेदा आपत विपत खमाहेन्से थेनीगदेसे विश्वास लबा ख्लाला।