Mark 4:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्‍यौं, तपाईंलाई केही फिक्री छैन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ आफैचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्‍दै बिउँझाए, “गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं भन्‍ने के तपाईंलाई वास्‍ता छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?”
Nepali ERV (पवित्र बाइबल)
येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के वास्ता गर्नुहुन्न?”
Nepali Tamang 2011
थे धुइरी येशू दोँगाला ग्‍यापपट्टि खुम लसी स्‍हिम्‍बान मुबा। ओच्‍छे चेलागदेसे “प्रभु, य्‍हाङ सिबारी छ्‌याइजी, ह्राङदा तिगै वास्‍ता आरे?” भिसी छिङ्जी।