Mark 5:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले उसलाई आफूसँग आउन नदिई यसरी भन्‍नुभयो, “आफ्‍नो घर जाऊ र परमप्रभुले तिमीलाई देखाउनुभएको दया र उहाँले गर्नुभएको सबै कुरा तिम्रा आफन्‍तहरूलाई सुनाऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले त्‍यसलाई अनुमति दिनुभएन, तर त्‍यसलाई भन्‍नुभयो, “तिमी आफ्‍नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्‍ति गर्नुभएको महान्‌ काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले मान्‍नुभएन, बरु यसो भन्‍नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”
Nepali Tamang 2011
तर येशूसे ह्राङदेन छ्‌याम खआपुङ्ना “ए ह्राङला दिमरी निसी एदा परमेश्‍वरसे उन्‍बा दयादेन परमेश्‍वरसे एला लागिरी तिग तिग लजी, थे तामगदे एसे ह्राङला ह्रोगदेदा थेःना लउ” भिसी सुङ्जी।