Mark 5:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यो मानिस दश सहरका इलाकामा गएर येशूले आफ्नो लागि गर्नुभएको काम सबैलाई सुनायो। अनि सुन्नेहरू सबै छक्क परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यो मानिस हिँड़िहाल्यो, र येशूले त्यसको निम्ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो, र सबै मानिसहरूले अचम्म माने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्न थाल्यो; अनि सबै मानिसहरू छक्क परे।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।
Nepali Tamang 2011
ओच्छे थे निसी डेकापोलिस भिबा ग्ला नाङनोन येशूसे ह्राङला लागिरी लबा उदेकला गेला बारेरी पाङ्सी भ्रजी, चु ताम थेःसी नाम्साला म्हिगदे उदेक म्हन्जी।