Mark 5:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै चोटि उसलाई नेल र साङ्लाले बाँधेर राख्‍दा पनि उसले साङ्ला चुँडाई नेल भाँचेर भाग्‍ने गर्थ्‍यो। कसैले पनि उसलाई काबुमा राख्‍न सक्‍दैन थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यो धेरै पल्‍ट नेल र साङ्‌लाहरूले बाँधिएको थियो, र पनि त्‍यसले साङ्‌लाहरू टुक्रा-टुक्रा पारी छिनाल्‍थ्‍यो। कुनै मानिसले पनि त्‍यसलाई वशमा पार्न सकेको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने धेरै पल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन।
Nepali ERV (पवित्र बाइबल)
धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेदा ल्‍हानान रेम च्‍याल्‍दासे खीसी थान्‍सैनोन थेसे थे च्‍याल्‍दागदे फ्राटफ्रेट टाङ्मुबा। थेतबासेलमा थेदा खालैसे तहरी थान्‍बारी आखम्‍मुबा।