Mark 5:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। तर उहाँले सबैलाई बाहिर पठाउनुभयो अनि केटीको बुबा, आमा र आफ्‍ना तीन जना चेलाहरूलाई लिएर भित्र केटी भएको कोठामा जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्‍नुभयो, र ठिटीका बुबा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे। उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।
Nepali Tamang 2011
तर थेनीगदेसे येशूला तामदा खिसी लसी ङेःजी। ओच्‍छे येशूसे थेनीगदे जम्‍मादान मङग्‍यार तेःसी माइला आबादेन आमा ओच्‍छे ह्राङला चेलागदेदा छ्‌याम भोर्सी माइ मुबा ग्‍लारी फेप्‍जी।