Mark 5:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले केटीको हात समातेर भन्‍नुभयो, “तालिता कूमी!” यसको अर्थ हो “ए नानी, म भन्‍छु, उठ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ठिटीको हात समातेर उहाँले त्‍यसलाई भन्‍नुभयो, “तालिता कूमी,” जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्‍दछु, उठ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्‍नुभयो, “ तालिता कौम! ” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
Nepali ERV (पवित्र बाइबल)
अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)
Nepali Tamang 2011
ओच्‍छे येशूसे थे माइला या चुङ्सी, “तालिता कुम,” भिसी सुङ्जी। चु भिबा चा “माइ रेःगो” भिबा हिन्‍ना।