Mark 6:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। उहाँका शिक्षा सुन्‍ने धेरै मानिसहरूले छक्‍क पर्दै आपसमा यसरी कुरा गर्न लागे, “यसले यी कुराहरू कहाँबाट सिक्‍यो हँ? कस्‍तो बुद्धि पाएछ! कसरी यस्‍ता अचम्‍मका कामहरू गर्न सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। धेरै जना सुन्‍नेहरूले छक्‍क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्‍तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथ आएपछि उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्‍नेहरू धेरै जना छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पाए? यसलाई दिइएको यो कस्तो बुद्धि हो? यसले गरेका यी अचम्मका कामहरू उल्‍लेखनीय छन्?
Nepali ERV (पवित्र बाइबल)
विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “योमानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्?
Nepali Tamang 2011
ब्‍लप्‍बा न्‍हबा धिनकुनु येशूसे यहूदीगदे ह्रुप तबा दिमरी लोप्‍बारी छ्‌याइजी। थेसे लोप्‍बा म्राङ्सी ल्‍हानान म्‍हिगदे उदेक तजी, “चु म्‍हिसे चु जम्‍मान खानङग्‍याम याङ्जी? चुदा पिन्‍बा चु ज्ञान बुद्धि खाह्रङ्बा हिन्‍ना? चुला याग्‍यामसे खाह्रङ्बा उदेकला गे तबा?