Mark 6:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने यूहन्‍ना धर्मात्‍मा र पवित्र मानिस हुन् भन्‍ने कुरा हेरोदलाई थाहा थियो। यसकारण उनले यूहन्‍नालाई बचाइराखे। हेरोदले यूहन्‍नाको कुरा सुन्‍दा हेरोदको मन खल्बलिए पनि उनले तिनका कुरा सुन्‍न मन पराउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यूहन्‍नालाई एक धर्मात्‍मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्‍नाको शिक्षा सुन्‍दा उनी साह्रै विचलित हुन्‍थे, तापनि खुसीसित सुन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे।
Nepali ERV (पवित्र बाइबल)
किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।
Nepali Tamang 2011
तिग्‍दा भिसम यूहन्‍ना परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रबा म्‍हिदेन परमेश्‍वरला लागिरी फेसी थान्‍बा म्‍हि भिसी हेरोददा था मुबा। थेतबासेलमा यूहन्‍नादेन छ्‌याम लोङ्सी थेदा जोगब लसी थान्‍मुबा। यूहन्‍नासे लोप्‍बा म्राङ्सी थेला सेम क्रामुबा। तसैनोन सेम लसी ङ्‌यान्‍मुबा।