Mark 6:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आखिरमा हेरोदियासलाई बदला लिने मौका मिल्‍यो। हेरोदले आफ्‍नो जन्‍मदिनमा ठूलो भोज लगाएका थिए। त्‍यस भोजमा उनले आफ्‍ना भारदार, फौजी कप्‍तान र गालीलका अरू ठूला-ठूला मानिसहरूलाई निम्‍त्‍याएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अनुकूल मौका त्‍यस बेला आयो, जब हेरोदले आफ्‍नो जन्‍मोत्‍सवमा आफ्‍ना उच्‍च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्‍य-मुख्‍य मानिसहरूलाई ठूलो भोज दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे।
Nepali ERV (पवित्र बाइबल)
अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घटना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे।
Nepali Tamang 2011
हेरोदियाससे हेरोद न्‍हबा धिन‍दा ढन्‍सी लबा भोजकुनु ज्‍यबा मौका याङ्जी। हेरोदसे ह्राङ न्‍हबा धिन‍दा ढन्‍सी घ्रेन पदरी मुबा म्‍हिगदे, सिपाहीला कप्‍तानगदेदेन गालील नाम्‍साला गन्‍बा म्‍हिगदेदा ङ्‌योइसी भोज पिन्‍जी।