Mark 6:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस भोजमा हेरोदियासकी छोरी आएर नाचिन्। उसको नाच देखेर राजा र उनका पाहुनाहरू सबै खुसी भए। अनि राजाले उसलाई भने, “म तिमीलाई के दिऊँ? जे मागे पनि म त्‍यही दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जब हेरोदियासकी आफ्‍नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्‍याई। अनि राजाले त्‍यस केटीलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ सो माग, र म तिमीलाई दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसंग खाँदै थिए खुशी पारी। अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।”
Nepali Tamang 2011
थे धुइरी हेरोदियासला ह्राङलान झामे थेरी खसी स्‍य्‍हजी। थे स्‍य्‍हबा म्राङ्सी हेरोद ग्‍लेदेन थेला डोन्‍बोगदे ल्‍हानान ताङ्जी। हेरोद ग्‍लेसे थे माइदा “एदा तिग तोःबा ङादा ह्री‍गो, थे ङाइ एदा पिन्‍ना” भिसी भिजी।