Mark 6:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर राजा ज्‍यादै चिन्‍तामा परे। तर त्‍यतिका पाहुनाहरूको अगाडि शपथ खाएर दिन्‍छु भनेको हुनाले फेरि दिन्‍न भन्‍न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा अत्‍यन्‍तै दुःखित भए, तर उनले आफ्‍नो शपथ र भोजमा बस्‍ने अतिथिहरूका खातिर त्‍यस केटीलाई दिएको वचन तोड्‌न चाहेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उस्ले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्।
Nepali Tamang 2011
थेह्रङ् भिमाहेन्‍से ग्‍लेला सेमरी दुख ङ्‌हम्‍जी, तर ओतेला डोन्‍बोला ओन्‍छाङरी घ्रान फासी पाङ्बा तामदा थाबारी आखम्‍नी।