Mark 6:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण उनले ‘यूहन्नाको टाउको काटेर ल्याउनू’ भनेर आफ्नो सिपाहीलाई हुकुम दिए। सिपाहीले झ्यालखानमा गएर यूहन्नाको टाउको काट्यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले तुरुन्तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्नाको शिर ल्याउने हुकुम दिए। अनि त्यसले झ्यालखानमा गएर यूहन्नाको शिर काट्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले तुरुन्तै जल्लादलाई यूहन्नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्नाको शिर काट्यो,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो।
Nepali Tamang 2011
थेतबासेलमा थेसे तुरुन्तन ह्राङला सिपाही गिकदा “बप्तिस्मा पिन्बा यूहन्नाला थोबो थासी भउ” भिसी कुल्जी। ओच्छे थे सिपाही झ्याल्खानरी निसी यूहन्नाला थोबो थाजी।