Mark 6:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो त्‍यही मरियमको छोरो सिकर्मी होइन र? के यो याकूब, योसेफ, यहूदा र सिमोनको दाजु होइन र? उसका बहिनीहरू पनि त यहीं नै छन्!” यसो भन्‍दै तिनीहरूले उहाँलाई पत्‍याएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यिनी त्‍यही सिकर्मी होइनन्‌ र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन्‌ र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन्‌ र?” अनि तिनीहरू उहाँसँग चिढ़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के यो सिकर्मी होइन? के यो मरियमको छोरा, र याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए।
Nepali ERV (पवित्र बाइबल)
के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसंग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
Nepali Tamang 2011
तिग चु मरियमला झा, याकूब, योसेफ, यहूदादेन सिमोनला ज्‍योज्‍यो सिकर्मी आहिन? तिग चुला आङागदेएनोन य्‍हाङदेन छ्‌याम आरे?” भिसी येशूला ताम पत्‍याब आतनी।