Mark 6:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाह्र जना चेलाहरू फर्केर येशूकहाँ जम्‍मा भई आफूले गरेका र सिकाएका सबै कुराहरू उहाँलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेरितहरू येशूको वरिपरि भेला भए, र आफूले गरेका र आफूले सिकाएका सबै कुराहरू बताए।
Nepali ERV (पवित्र बाइबल)
येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए।
Nepali Tamang 2011
येशूसे पुइबा जम्‍मान मुल चेलागदे दोःसी खसी येशू मुबा ग्‍लारी पोप तजी। थेनीगदेसे लबा गेदेन लोप्‍सी पिन्‍बा तामगदे येशूदा पाङ्जी।