Mark 6:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “हामी एकान्‍त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्‍यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्‍म पनि फुर्सद भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्‍त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्‍यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्‍म पनि फुर्सद थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।”
Nepali ERV (पवित्र बाइबल)
येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदेएनोन सुनसान ग्‍लारी खसी ब्‍लप्‍बा न्‍हउ” भिसी सुङ्जी। तिग्‍दा भिसम थेरी खबा निबा म्‍हिगदे ल्‍हानान मुबासे लमा थेनीगदेदा चबारी सुत्तै फुर्सत आरेबा।