Mark 6:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसहरूले उहाँहरूलाई जाँदैगरेको देखे र धेरैले उहाँहरू जान लागेको ठाउँ थाहा पाए। अनि मानिसहरू सहरहरूबाट दगुर्दै उहाँहरूभन्दा पहिले नै त्यहाँ पुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धेरैले उहाँहरूलाई जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले; अनि सबै सहरहरूबाट आएकाहरू पैदलै दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे।
Nepali ERV (पवित्र बाइबल)
तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे।
Nepali Tamang 2011
तर ल्हानान म्हिगदेसे थेनीगदे निबान लबा म्राङ्जी। थेतबासेलमा थेनीगदे फेप्गे लबा ग्ला था याङ्सी, नाम्सा नाम्साला म्हिगदे यार्बान थेनीगदे फेप्बा ग्लापट्टि निजी। ओच्छे थेनीगदे भन्दा ङाच्छा धोजी।