Mark 6:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “के हामीलाई दुई सय चाँदीका सिक्‍का खर्च गरेर यिनीहरूलाई रोटी खान देओ भनी तपाईं भन्‍नुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।” चेलाहरूले येशूलाई भने, “के! यत्रो मालिसलाई खुवाउन रोटीहरू किन्न हामी जानू? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा “एनीगदेसेन चुगदेदा चबा स्‍हे पिन्‍गो” भिसी सुङ्जी। तर थेनीगदेसे येशूदा “ङन्‍से ग्‍यार्जा न्‍ही म्‍हुइला डबलसे गेङ ग्‍लुसी थेनीगदेदा चबारी छ्‍योला?” भिसी भिजी।