Mark 6:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्‍न लाउनुभयो। त्‍यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्‍नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन्‌ भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँले पाँचवटा रोटी र दुईवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो।। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।
Nepali Tamang 2011
येशूसे थे गोर ङा गेङदेन गोर न्‍ही तार्ङा थोसी स्‍वर्गपट्टि स्‍हीसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍जी। ओच्‍छे थे गोर ङा गेङ क्‍युइसी म्‍हिगदेदा भो लसी पिन्‍गो भिसी चेलागदेदा पिन्‍जी। ओच्‍छे गोर न्‍ही तार्ङाएनोन जम्‍मान म्‍हिगदेदा भो लसी पिन्‍जी।