Mark 6:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बतास विपरीत दिशाबाट चलेको हुनाले आफ्ना चेलाहरूलाई नाउ चलाउन आपत् परेको येशूले देख्नुभयो। बिहानीपख झिसमिसेमा येशू पानीमाथि हिंडेर चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँ नाउलाई उछिनेर जान लाग्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूलाई डुङ्गा ख्याउन कष्ट भइरहेको उहाँले देख्नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा,
Nepali ERV (पवित्र बाइबल)
येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिडनु भयो। उहाँले लगातार हिंडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो।
Nepali Tamang 2011
थेसे चेलागदेदा दोँगा चलब लबारी गाह्रो तबा म्राङ्जी। तिग्दा भिसम लाबा उल्टोग्यामसे खबा मुबा। स्य्होला तीन बजेरीक्यार येशू समुन्द्रथोरी भ्रबान थेनीगदेपट्टि फेप्खजी, ओच्छे थेनीगदेदा ख्लासी ङाच्छा फेप्गे लमा,