Mark 6:56 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाउँ, सहर, बस्ती, जहाँ-जहाँ येशू जानुहुन्थ्यो, त्यहीं-त्यहीं मानिसहरूले बिरामीहरू बोकेर ल्याउँथे। तिनीहरूले “ती बिरामीहरूलाई आफ्नो लुगाको छेउमा मात्र भए पनि छुन दिनुहोस्,” भनेर बिन्ती गर्थे अनि उहाँको लुगा छुने जति सबै जना निको भइहाल्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि गाउँहरूमा वा सहरहरूमा वा बस्तीहरूमा जहाँ-जहाँ उहाँ पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, सहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई बिन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।
Nepali ERV (पवित्र बाइबल)
येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।
Nepali Tamang 2011
जुन जुन ग्लारी येशू फेप्जी, थे ग्लारी म्हिगदेसे आखम्बा म्हिगदेदा येशूला क्वान जे भिसै, थुर्पुङ्गो भिसी बिन्ती लजी। ओच्छे येशूला क्वान थुर्बा जति जम्मान खम्जी।