Mark 7:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले भने यस्‍ता कुरा सिकाउँदा रहेछौ— कसैले आफ्‍नो आमा-बुबालाई, ‘हेर्नुहोस् तपाईंहरूले मबाट पाउने कुरा ‘कुर्बान’ हो अर्थात् ‘यो कुरा मैले परमेश्‍वरलाई नै चढाइसकें’ भन्‍यो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिसले आफ्‍ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्‍नुपर्ने त्‍यो कुर्बान हो,’ (अर्थात्‌ परमेश्‍वरलाई चढ़ाइएको) भन्‍छ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्‍वरलाई चढाइसकिएको भेटी भन्यो भने,
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु।
Nepali Tamang 2011
तर एनीगदेसे चा ‘जुन म्‍हिसे ह्राङला आबा आमादा पिन्‍तोःबा स्‍हे परमेश्‍वरदा फुल्‍बा मुला, थेसे ह्राङला आबा आमादा मान लआतोः’ भिसी पाङ्‌मुला।