Mark 7:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो त मनमा पस्ने कुरा होइन, तर पेटमा गएर त्यहाँबाट पनि बाहिर निस्केर गइहाल्छ।” त्यसरी येशूले सबै किसिमका खानेकुराहरू शुद्ध छन् भनी बुझाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)
Nepali Tamang 2011
तिग्दा भिसम चबा स्हे मी सेम न्हङरी आवाङ्ना फो न्हङरी वाङ्ला ओच्छे फो न्हङसेनोन मङग्यार थोन्ना।” चुह्रङ् लसी येशूसे जम्मान चबा स्हे चबारी तला भिसी ह्राङला चेलागदेदा घोना लसी पिन्जी।