Mark 7:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू त्‍यो ठाउँ छोडेर टुरोस र सीदोन सहरतिर जानुभयो। कसैले थाहा नपाऊन् भनेर उहाँ एक जनाको घरमा पस्‍नुभयो। तर मानिसहरूले थाहा पाइहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्‍नुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्‍थ्‍यो, तर उहाँ गुप्‍त रहन सक्‍नुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन।
Nepali ERV (पवित्र बाइबल)
यशूले त्यो ठाउँ छाडनु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन।
Nepali Tamang 2011
जमाहेन्‍से येशू थेग्‍याम टुरोस भिबा ग्‍लापट्टि फेप्‍जी। ओच्‍छे खालैसे था थायाङ्‍गै भिसी दिम गिकरी वाङ्‌जी तसैनोन म्‍हिगदेसे था याङ्जी।