Mark 7:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना भूत लागेकी केटीकी आमाले येशूको बारेमा सुन्नेबित्तिकै उहाँकहाँ आइन् र उहाँको पाउमा परिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै बेला एउटी स्त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्यस स्त्रीको छोरीलाई अशुद्ध आत्मा लागेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्नसाथ आइन्, र उहाँको पाउमा परिन्।
Nepali ERV (पवित्र बाइबल)
एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।
Nepali Tamang 2011
थेनोन धुइरी म्रिङम्हेमे गिकसे येशूला बारेरी थेःमैछ्याम येशू मुबा ग्लारी खसी येशूदा फ्या लजी। थे म्रिङम्हेमेला झामेदा म्हङसे स्याप्बा मुबा।