Mark 7:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरू सबैलाई “यो कुरा कसैलाई पनि नभन्नू,” भनी आज्ञा दिनुभयो। तर जति उहाँले नभन्ने आज्ञा दिनुहुन्थ्यो, त्यति नै मानिसहरूले भन्दै हिंड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो कसैलाई नभन्नू,” भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति-जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्थ्यो, झन् बढ़ी उत्साहसाथ तिनीहरूले यसको घोषणा गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे।
Nepali ERV (पवित्र बाइबल)
येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधै नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने।
Nepali Tamang 2011
येशूसे थेनीगदे जम्मादान “चु ताम खालैदा थापाङ्गो” भिसी कुल्जी। तर जति जति चु ताम खालैदा थापाङ्गो भिसी कुल्जी, झन ओतेन म्हिगदेसे पाङ्बान भ्रजी।