Mark 7:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बजारबाट आएपछि पनि तिनीहरूले आफूलाई नचोख्याई केही खाँदैनन् अनि अरू धेरै रीतिथितिहरू पनि मान्छन्, जस्तै: थाल, बटुका, भाँडा-कुँडा पनि नचोख्याई चलाउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बजारबाट आएपछि स्नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्। यति मात्र होइन, तिनीहरूले यस्ता धेरै अरू परम्परा मान्दछन्, अर्थात् कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्परा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्नेजस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।)
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले बजारमा केहि चिजहरु किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरुले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
Nepali Tamang 2011
चुदे जे आहिन बजारग्याम खमाहेन्से नुहाब आलतेधोना आचमुबा। आखे म्हेमेला चु भन्दा ल्हानान रिमठिम तेन्मुबा ओच्छे खोरेगदे, ताङगदेदेन काँसला ताङगदे म्याप्बा रिमठिम मुबा।