Mark 7:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “यशैया अगमवक्ताले लेखेका यो कुरा तिमी कपटीहरूलाई ठ्याक्कै मिल्छ— ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्, तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन् यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्दछन् तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे ह्रङ्बा कप्टी म्हिगदेला लागिरी यशैया अगमवक्तासे भ्रिबा ताम ढिक्बा मुला, ‘चु म्हिगदेसे सुङसे जे ङादा मान लमुला, तर सेमहेन्से चा मान आलमुला।