Mark 7:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अझै भन्‍नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्‍ना रीतिथिति चलाउन परमेश्‍वरको आज्ञालाई पन्‍छ्याइराख्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ!
Nepali ERV (पवित्र बाइबल)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ।
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे ह्राङला रिमठिम तेन्‍बाला लागिरी परमेश्‍वरसे कुल्‍बा ताम ख्‍लाबा एनीगदे खाह्रङ्बा छट्टु?