Mark 8:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर येशूले लामो सुस्‍केरा हालेर भन्‍नुभयो, “आज-भोलिका यी मानिसहरूले किन चिन्‍ह हेर्न खोज्‍छन्? साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस्‍ता मानिसहरूले कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो आत्‍मामा लामो सास लिएर उहाँले भन्‍नुभयो, “यस पुस्‍ताले किन चिन्‍ह खोज्‍छ? साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यस पुस्‍तालाई कुनै चिन्‍ह दिइनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले लामो सास लिएर भन्‍नुभयो, “किन यस पुस्ताले चमत्कारी चिन्ह माग्छ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँचो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”
Nepali Tamang 2011
चु ताम थेःसी येशूसे सा न्‍हसी, “एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, दान्‍देला म्‍हिगदेसे तिग्‍दा चिनु म्‍हाइबा? तर ङाइ दान्‍देला म्‍हिगदेदा तिगै चिनु आउन” भिसी सुङ्जी।