Mark 8:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यसरी कुरा गरेका थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो, “रोटी नभएकोले भनेको हो भनेर किन भन्छौ? के तिमीहरूलाई थाहा छैन? के बुझेका छैनौ? के तिमीहरूको मन अझै कठोर नै छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको मन कठोर भएको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको बहस थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू किन रोटी छैन भनेर कुरा गर्छौ? तिमीहरू अझै देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय कठोर भएको छ?
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू भझ्न सक्तैनौ?
Nepali Tamang 2011
चेलागदेसे चुह्रङ् लसी ताम लबा था याङ्सी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे गेङ आरे भिसी तिग्दा ताम लसी चिबा? एनीगदेसे अझ घोबा आरे? एनीगदेला सेम कोङ्बान मुला?