Mark 8:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “कोही तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन् कोही एलिया भन्छन् अनि कतिले चाहिँ कुनै एउटा अगमवक्ता होलान् भन्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई भने, “कसैले भन्छन्, ‘बप्तिस्मा-दिने यूहन्ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्छन्, ‘अगमवक्ताहरूमध्ये एक जना’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”
Nepali Tamang 2011
थेनीगदेसे “खालैसे बप्तिस्मा पिन्बा यूहन्ना, खालैसे एलिया, ओच्छे गाते म्हिसे चा अगमवक्तागदे न्हङला गिक हिन्ना भिमुला” भिसी भिजी।