Mark 8:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले चेलाहरूलाई आफ्‍नो बारेमा यसरी बताउन लाग्‍नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्‍नुपर्छ। अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले उसलाई इन्‍कार गर्छन् अनि मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि मरेकोबाट बिउँतनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानिसको पुत्रले धेरै दुःख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूलाई मानिसको पुत्रले धेरै दुःखहरू सहनुपर्छ; अनि प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ; मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गरे कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदा बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा “परमेश्‍वरसे पुइखबा म्‍हिसे ल्‍हानान दुख नातोःला। थेदा यहूदी गन्‍बागदेसे, परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेसे ओच्‍छे यहूदी धर्मगुरुगदेसे बिरोध लसी साइला। तसैनोन थे सिबाग्‍याम सोमरेमाकुनु सोला” भिसी सुङ्जी।