Mark 8:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तुरुन्‍तै येशूले आफ्‍नो मुहार फर्काउनुभयो र चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान, मबाट पछि हट्! तेरो विचार परमेश्‍वरपट्टिको होइन, तर मान्‍छेको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा होइजा,” उहाँले भन्‍नुभयो, “तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
Nepali ERV (पवित्र बाइबल)
तर येशू फनक्क फर्के र चलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”
Nepali Tamang 2011
तर येशू स्‍य्‍हान्‍दो चेलागदेपट्टि फ्‍लिक दोःसी थेनीगदेदा स्‍हीबान पत्रुसदा “शैतान ए चुग्‍याम थोन्‍सी निउ! एसे म्‍हन्‍बा ताम परमेश्‍वरला आहिन, म्‍हिला हिन्‍ना” भिसी बङ्जी।