Mark 8:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो पापी र व्यभिचारी पुस्तामा जसले म र मेरा शिक्षामा लाज मान्छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसलाई आफ्नो भन्न लाज मान्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यस व्यभिचारी र पापी पुस्तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसंग आउनेछु।”
Nepali Tamang 2011
ओच्छे दान्दे पापीदेन नइबा बानीबेहोर थोसी भ्रबा म्हिगदेला ओन्छाङरी जुन म्हि ङादेन ङाला तामरी पेःला लिच्छा परमेश्वरला स्वर्गदूतगदेदेन छ्याम परमेश्वरसे पुइखबा म्हि ह्राङला आबा परमेश्वरला य्हालदेन शक्तिरी खमा थेदा ह्राङला भिबारी पेःला।