Mark 9:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले अझै भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍य ठूलो शक्तिमा आएको नदेखेसम्‍म यहाँ हुनेहरूमध्‍ये कति जनाचाहिँ मर्नेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिएकाहरूमध्‍ये कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य शक्तिमा आएको नदेखुञ्‍जेल कुनै किसिमले मृत्‍यु चाख्‍नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य शक्तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँचो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्”
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेदा “च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, चुरी मुबा म्‍हिगदे न्‍हङला कोइ कोइ म्‍हि चा परमेश्‍वरला य्‍हुल्‍सा शक्तिरी खबा आम्राङ्तेधोना आसि” भिसी सुङ्जी।