Mark 9:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उहाँले भनेको माने तर आपसमा चाहिँ यस्ता कुरा गर्न लागे, “मरेर बिउँतनु भनेको यो के हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे।
Nepali ERV (पवित्र बाइबल)
तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए।
Nepali Tamang 2011
थेनीगदेसे येशूसे सुङ्बा ताम सेमरी थान्जी। तर थेनीगदेसे चु सिबा ग्याम सोबा भिबा चा तिग हिन्ना भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।