Mark 9:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आइपुग्‍दा वरिपरि मानिसको घुइँचो लागेको थियो र धर्म-गुरुहरूले चेलाहरूसँग बहस गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरू अरू चेलाहरूकहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्‍त्रीहरूले बहस गरिरहेका उहाँहरूले देख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आउनुभयो, तब उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरूले बहस गरिरहेका देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू, पत्रुश, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसंग शास्त्रीहरूको बहस चलिरहेको थियो।
Nepali Tamang 2011
थेनीगदे स्‍य्‍हान्‍दो चेलागदे मुबा ग्‍लारी धोखमा क्‍युर्नोन म्‍हिला हुल मुबा। ओच्‍छे यहूदी धर्मगुरुगदे थेरी चेलागदेदेन छ्‌याम छलफल लबान मुबा।