Mark 9:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूतले उसलाई पक्रिने बेलामा ऊ भूइँमा पछारिन्‍छ, मुखभरि फीँज काढ्छ, दाह्रा किट्छ र कक्रिन्‍छ। मैले हजुरका चेलाहरूलाई भूत निकालिदिनुहोस् भनेर बिन्‍ती गरें तर उहाँहरूले सक्‍नुभएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यसले मेरो छोरालाई पक्रन्‍छ, त्‍यसलाई भूइँमा पछार्छ, र त्‍यसले मुखबाट फीँज काढ्‌छ, र त्‍यसले दाह्रा किट्‌न लाग्‍छ, र त्‍यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्‍यो भूतात्‍मा निकालिदेऊन्‌ भनी बिन्‍ती गरें, तर तिनीहरूले सकेनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूँइमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाहा किटछ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरे, तर तिनीहरूले सकेनन्।
Nepali Tamang 2011
थेदा म्‍हङसे भ्‍याङ्‍बा धुइरी थेसे सुङग्‍याम बोप्‍स्‍या तेःमुला। ओच्‍छे स्‍वा क्रेसी कक्‍रक कुक्‍रूक तमुला। ङाइ ह्राङला चेलागदेदा थेला ल्‍हुइग्‍याम म्‍हङ ताप्‍सी पिन्‍गो भिसी बिन्‍ती लजी, तर थेनीगदेसे आखम्‍नी” भिसी भिजी।