Mark 9:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “कस्‍तो विश्‍वास नभएका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिञ्‍जेलसम्‍म सहिरहने? खै त्‍यसलाई मकहाँ ल्‍याओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्‍ता, म कहिलेसम्‍म तिमीहरूसँग रहुँला? तिमीहरूलाई कति सहूँ? त्‍यसलाई मकहाँ ल्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसंग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “विश्‍वास आलबा म्‍हिगदे, खाइमाधोना ङा एनीगदेदेन छ्‌याम तला? खाइमाधोना ङाइ एनीगदेदा नासे? थेदा ङा मुबा ग्‍लारी भउ” भिसी सुङ्जी।

Recommended Reading