Mark 9:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छ दिनपछि येशू पत्रुस, याकूब र यूहन्‍नालाई मात्रै साथमा लिएर एउटा अग्‍लो पहाडमा जानुभयो। अनि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप नै बदलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई उहाँको साथ लिई एउटा उच्‍च पहाड़मा लैजानुभयो। त्‍यहाँ उहाँहरू मात्र हुनुहुन्‍थ्‍यो, अनि तिनीहरूका सामुन्‍ने उहाँको रूप बद्‌लियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्‍नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो।
Nepali ERV (पवित्र बाइबल)
छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बदलियो।
Nepali Tamang 2011
ढुरे लिच्‍छा येशूसे पत्रुस, याकूबदेन यूहन्‍नादा जे ह्राङदेन छ्‌याम नोबा गङरी भोर्सी फेप्‍जी। ओच्‍छे चेलागदेसे च्‍याना च्‍यानान येशूला स्‍य्‍हाल पोजी।