Mark 9:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले केटालाई येशूकहाँ पुर्‍याए। येशूलाई देख्‍नासाथ भूतले केटालाई मुर्च्‍छा पारेर भूइँमा पछार्‍यो। केटो मुखभरि फींज काढ्दै यता र उता लडीबडी गर्न लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्‍यस केटालाई उहाँकहाँ ल्‍याए। येशूलाई देख्‍ने बित्तिकै त्‍यस आत्‍माले केटालाई लछारपछार पार्‍यो, र त्‍यो भूइँमा पछारिएर फीँज काढ्‌दै लड़ीबड़ी गर्न लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्‍यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लडयो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फींजहरू निकालिरहेको थियो।
Nepali Tamang 2011
थेनीगदेसे थे म्‍हङसे स्‍याप्‍बा कोलादा येशू मुबा ग्‍लारी भजी। येशूदा म्राङ्मैछ्‍याम थे म्‍हङसे थे कोलादा लछार पछार लसी सरी ह्रिल्‍ना लजी। ओच्‍छे सुङग्‍याम बोप्‍स्‍या तेःबान कक्‍रक कुक्‍रूक तना लजी।