Mark 9:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू आफूतिर ओइरिन लागेको देखेर येशूले भूतलाई हकार्दै भन्‍नुभयो, “ए लाटो र बहिरो पार्ने भूत, यो केटाबाट निस्‍केर आइज र फेरि त्‍यसभित्र नपस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्‍यस अशुद्ध आत्‍मालाई यसो भनेर हप्‍काउनुभयो, “ए गूँगो र बहिरो आत्‍मा, म तँलाई हुकुम गर्दछु, त्‍यसबाट निस्‍केर आइज, र फेरि कहिल्‍यै त्‍यसभित्र नपस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”
Nepali Tamang 2011
म्‍हिला हुल ह्राङ मुबापट्टि यार्बान खबा म्राङ्सी येशूसे म्‍हङदा “ताइधोना लबादेन नाब्‍यङ थेःना आलबा म्‍हङ ए थे कोलाला ल्‍हुइग्‍याम थोन्‍सी निउ! दोःसी खाइमै चु कोलाला ल्‍हुइरी थावाङ्‍गो” भिसी बङ्जी।