Mark 9:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यो भूत चिच्च्याउँदै र केटालाई मुर्च्छा पार्दै निस्केर गयो। केटा भने मरेको जस्तै भयो र सबैले “लौ केटो त मर्यो” भन्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चिच्च्याएर त्यस केटालाई साह्रै लछारपछार पारी त्यो आत्मा निस्क्यो, र त्यो केटो मुर्दासरि भयो, यहाँसम्म कि धेरैले त त्यो मरेछ भनी ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले “त्यो त मरेछ” भन्ठाने।
Nepali ERV (पवित्र बाइबल)
त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भूईंमा फछार्यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्यो।”
Nepali Tamang 2011
जमाहेन्से थे म्हङ क्रिङ्सी थे कोलादा लछार पछार लबान थोन्सी निजी। म्हङ थोन्सी निबा धुइरी थे कोला सिबा तेबान तजी। ओच्छे थेरी मुबा ल्हानान म्हिगदेसे सिजीम भिसी म्हन्जी।